काठमाडौँ, कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्का देखि मध्यम वर्षा छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा छ ।
भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी,पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि,स्वास्थ्य, पर्यटन,पर्वतारोहण,सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।
भोलि मंगलबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।