काठमाडौँ, गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन् ।
परियारले २५ लाख रुपैयाँ नगद पुरस्कार हात पारे । फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए । फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुस्कार पाए । थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भए । उनले स्कुटर पुरस्कार पाए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।