बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित

युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित

  • 778
    SHARES

  • युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित

    काठमाडौँ, युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित भएको छ । बिहीबार राति भएको खेलमा इटाली स्पेनसँग १–० गोल अन्तरले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलमा स्पेनले जित निकाल्न भने उपहार गोलको सहायता लिनु परेको थियो । 

    ५५ औँ मिनेटमा स्पेनका निको विलियम्सले प्रहार गरेको बल इटालीका निकार्डो कालाफोरिलाई लागेर पोस्टमा पुगेपछि स्पेनले उपहार गोल पाएको थियो । सोही गोललाई अन्तिमसम्म कायम राख्दै स्पेनले लगातार दोस्रो जितका साथ आफूलाई युरोकपको अन्तिम १६ मा पुर्याएको छ । 

    समूह बीमा स्पेनले २ खेलबाट ६ अङ्क बनाउँदा इटालीले समान खेलबाट ३ अंकमात्रै बनाएको छ । अल्बानिया र क्रोएसियाको समान एक–एक अङ्क छ । युरो अन्तर्गत आज समूह डीका पोल्यान्ड र अस्ट्रिया तथा नेदरल्याण्ड्स र फ्रान्स खेल्दा समूह ईको स्लोभाकिया र क्यानडा आमने सामने हुने छन् ।

    शुक्रवार, आषाढ ७ २०८१०७:५५:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार