बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इङ्गल्यान्डले वेस्ट इन्डिजलाई हराए आठ विकेटले

इङ्गल्यान्डले वेस्ट इन्डिजलाई हराए आठ विकेटले

  • 619
    SHARES

  • इङ्गल्यान्डले वेस्ट इन्डिजलाई  हराए आठ विकेटले

    काठमाडौँ, आईसीसी टी–२० विश्वकप क्रिकेटको बिहीबार बिहान खेलिएको सुपर–८ चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ ।

    जारी विश्वकपमा सुपर–८ चरणको खेलमा इङ्गल्यान्डको यो पहिलो जित हो । सुपर–८ चरणको समूह–२ मा रहेको इङ्गल्यान्ड दुई अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । समान अङ्क जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो । पहिलो खेलमा पराजित भएका वेस्ट इन्डिज र अमेरिका क्रमशः तेस्रो र चौथो स्थानमा आसीन छन् ।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्गल्यान्डले भने १७.३ ओभरमा दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।

    बिहिवार, आषाढ ६ २०८११०:२७:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार