काठमाडौँ, युरो कप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा गए राति पूर्वविजेता पोर्चुगलले चेक गणतन्त्रविरुद्ध विजय हासिल गरेको छ ।
३९ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी खेल रहेको समूह डी को खेलमा पोर्चुगलले २–१ गोलको पुनरागमन जित हासिल गरेको हो । पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे भने अर्को गोल पोर्चुगलले उपहार पाएको थियो । चेक रिपब्लिकका लागि लुकास प्रोभोडले एक गोल गरे पनि हारलाई टार्न सकेन ।
६९औँ मिनेटमा रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल खेलमा १–१ को बराबरी अवस्थामा फर्कियो । त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा फ्रान्सिस्कोले गोल गरेपछि पोर्चुगललाई २–१ को पुनरागमन जित थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।