बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी प्रदेशमा पानी पर्ने, तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दा तातो लहरको सम्भावना

यी प्रदेशमा पानी पर्ने, तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दा तातो लहरको सम्भावना

  • 631
    SHARES

  • यी प्रदेशमा पानी पर्ने, तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दा तातो लहरको सम्भावना

    काठमाडौँ, नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको थोरै  स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षा छ । लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावाहुरी छ ।

    देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू-भागहरूमा अत्यधिक गर्मीको छ । तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाको भनाई छ । भोलि मंगलबार कोशी प्रदेश लगायत  बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको छ । 

    सोमवार, जेठ २८ २०८१०८:०७:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार