बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

टी- २० विश्वकप क्रिकेटः क्यानडामाथि अमेरिकाको शानदार जित

टी- २० विश्वकप क्रिकेटः क्यानडामाथि अमेरिकाको शानदार जित

विनोद भट्टराई

२०, जेठ २०८१
  • 727
    SHARES

  • टी- २० विश्वकप क्रिकेटः क्यानडामाथि अमेरिकाको शानदार जित

    काठमाडौं, अमेरिका र वेष्टइण्डिजमा सुरु भएको टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा घरेलु टोली अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको छ ।

    क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य अमेरिकाले ३ विकेटको क्षतिमा १४ बलअगावै भेट्टायो । अमेरिकाका लागि आराने जोन्स ९४ र केरि एन्डरसन ३ रनमा नटआउट रहे । जोन्सले ४० बलमा ४ चौका र १० छक्का प्रहार गरे । एड्रिस जोसले ६५ रनको योगदान दिए । उनले ४६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । ओपनर स्टेभन टेलर शून्य रनमै करिम सानाको बलमा एलबीडब्ल्यू धरापमा परे। अर्का ओपनर तथा कप्तान मोनांक पटेल १६ रनमा क्याच आउट भए ।

    क्यानडाका लागि करिम साना,डिलोन हेलिंगर र निखिल दत्ताले समान ११ विकेट लिए । त्यसअघि अमेरिकाको डलास्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल तयार पारेको थियो । क्यानडाका लागि नवनित डालिवालले ६१ रनमा क्याच आउट भए । उनले ४४ बलमा ६ चौका र ३ छक्का हाने । निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्का सहयोगमा ५१ रन बनाए ।

    ओपनर आरोन जोनसनले २३ र श्रेयास मोभ्याले ३२ रन बनाए। दिलप्रित बज्वा ११ रन बनाउँदा रन आउट भए । श्रेयास मोभ्या ३२ र डिलोन हेलिंगर १ रनमा नटआउट रहे । अलि खान, हरमित सिंह र केरि एन्डरसनले समान ११ विकेट लिए ।

    आइतवार, जेठ २० २०८१०१:२६:३६

    पत्रकार कम इन्जिनियर, इन्जिनियर कम आर्किटेक्ट, खुशी मानव र श्रीमतीलाई माया गर्ने श्रीमान

    सम्बन्धित समाचार