बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी ठाउँमा छ आज हावाहुरी र वर्षाको सम्भावना

यी ठाउँमा छ आज हावाहुरी र वर्षाको सम्भावना

  • 682
    SHARES

  • यी ठाउँमा छ आज हावाहुरी र वर्षाको सम्भावना

    काठमाडौँ, नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  

    कोशी,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा छ । गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हावाहुरीको पनि छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात छ । 

    भोलि सोमबार कोशी,बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा छ । लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हावाहुरी छ । यस वर्षको मनसुन हाल भारतको उत्तर पूर्वी भू-भाग, बङ्गलादेश,भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको छ । नेपालको पूर्वी भू-भागमा  मनसुन भित्रिनको लागि अझै केही दिन लाग्ने देखिएको छ । 

    आइतवार, जेठ २० २०८१०७:१६:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार