बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अभ्यास खेलमा क्यानडासँग हार्‍यो नेपाल

अभ्यास खेलमा क्यानडासँग हार्‍यो नेपाल

  • 691
    SHARES

  • अभ्यास खेलमा क्यानडासँग हार्‍यो नेपाल

    काठमाडौँ, जेठ १५ गते, टी–२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले हारेको छ । जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालले १९।३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० रन मात्र बनाउन सक्यो ।

    नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले ३० बलको सामना गर्दै २ चौका र २ छक्का हिर्काए ।निल साहले १६ बलमा २४ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । आसिफ शेखले २२ बलमा २२ रन जोडे । कुशल भुर्तेलले १६ बलमा १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    क्यानडाका लागि डिलन हेलिगरले घातक बलिङ गर्दै ४ विकेट लिए । साद बिन जाफर र जेरेमी गोर्डनले २–२ विकेट हात पारे । कलिम साना र परगत सिंहले १–१ विकेट लिए । यसअघि डालासको ग्रान्ड प्रेरी रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो ।

    क्यानडाका लागि निकोलस किर्तनले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ५२ रन बनाए । यस क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरे ।

    मंगलवार, जेठ १५ २०८१०७:१७:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार