बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज यी प्रदेशमा हुनेछ वर्षा

आज यी प्रदेशमा हुनेछ वर्षा

मेगा खबर संवाददाता

२५, बैशाख २०८१
  • 604
    SHARES

  • आज यी प्रदेशमा हुनेछ वर्षा

    काठमाडौँ,  नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको सुदूरपश्चिम,कर्णाली, गण्डकी, बागमती  र कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली  छ ।

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा छ ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात छ ।

    आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा छ । कोशी,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात छ । 

    भोलि देशभर आंशिक देखि साधरणतया बदली रहने छ । सातै प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ ।

    मंगलवार, बैशाख २५ २०८१०६:३५:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार