काठमाडौँ, वैशाख २१ गते, केही दिनयता उच्च तापक्रम मापन भइरहेका बेला शुक्रबारबाट नेपाली आकाशमा बादल देखिएको छ । आकाशमा बादल देखिएपछि तापक्रम केही घट्न पुग्दा कम गर्मीको महसुस भएको छ ।
शुक्रबार काठमाडौँको अधिकतम तापक्रम बुधबार र बिहीबारको तुलनामा घटेर ३०।५ डिसेमा झरेको छ । यसअघि काठमाडौँको तापक्रम ३३ डिसेभन्दा माथि पुगेको थियो । शुक्रबार काठमाडौँमा हल्का बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दुई साता लगातार तापक्रम बढिरहेकोमा बादल लाग्न थालेपछि तापक्रम केही घटेको हो । महाशाखाले शनिबार पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गर्ने र यो प्रणालीले वर्षा गराउने आङ्कलन गरेको छ ।
‘शनिबार र आइतबार पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने देखिन्छ । कोशी,गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ’, महाशाखाले शुक्रबार साप्ताहिक कृषि मौसम पूर्वानुमान गर्दै भनेको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।