बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

घरेलु मैदानमा चेन्नई ७ विकेटले स्तब्ध

घरेलु मैदानमा चेन्नई ७ विकेटले स्तब्ध

मेगा खबर संवाददाता

२०, बैशाख २०८१
  • 1.1K
    SHARES

  • घरेलु मैदानमा चेन्नई ७ विकेटले स्तब्ध

    काठमाडौ, वैशाख २० गते, इन्डियन प्रियिमर लिग (आईपीएल) को ४९ औँ खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा हराएको छ । बुधबार राति चेन्नई ७ विकेटले स्तब्ध बनेको छ ।

    जितका लागि १ सय ६३ रनको लक्ष्य पाएको पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको छ । जोनी बेयर्स्टो र राइली रुसोले विस्फोटक ब्याटिङ गर्दै टोलीका लागि जितको आधार तय गरेको छ । बेयर्स्टोले ३० बलमा सर्वाधिक ४६ रन बनाए । उनले यस क्रममा ७ चौका र १ छक्का हिर्काए । रुसोले २३ बलमा ४३ बनाउने क्रममा ५ चौका र २ छक्का प्रहार गरेका छन् ।

    शशांक सिंह र कप्तान साम करनले नटआउट रहँदै क्रमशः २५ र २६ रन बनाएर टोलीलाई जितसम्ममा डोर्‍याएका छन् । यसअघि,पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ४८ बलमा ६२ रन बनाएको छ । 

    बिहिवार, बैशाख २० २०८१०६:३२:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार