काठमाडौँ, नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा छ ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात छ । कोशी,मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरी छ ।
शुक्रवार भन् लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।