बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित

मेगा खबर संवाददाता

१७, आश्विन २०७७
  • 2.5K
    SHARES

  • नेकपा सचिवालय बैठक स्थगित

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बैठक आइतबार बस्नेगरि स्थगित भएको बताए । 

    पछिल्ला मन्त्रिपरिषद बैठकमा सरकारले गरेका केही महत्वपूर्ण निर्णय र पार्टीका अन्य विषयमा छलफल गर्नका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै पार्टीमा पुनः विवाद सिर्जना भएको छ । 

    प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा बैठक भोलिसम्मका लागि स्थगित भएको हो । 

    आइतबार बस्ने बैठकको समय भने तय भइसकेको छैन । सचिवालय बैठकका एजेण्डाको विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले पनि बैठक स्थगित गरिएको बुझिएको छ । 

    शनिवार, आश्विन १७ २०७७११:५७:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार