बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल

चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल

मेगा खबर संवाददाता

१७, बैशाख २०८१
  • 625
    SHARES

  • चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल

    इन्डियन प्रिमियर लिगको ४६ औँ खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा चेन्नई ७८ रनले विजयी बनेको हो ।

    चेन्नईले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद १८।५ ओभरमा १ सय ३४ रनमा समेटियो । हैदराबादका लागि ऐडन मार्क्रमले सर्वाधिक ३२ रनको योगदान दिए । हेनरिच क्लासनले २० रन तथा अब्दुल सामदले १९ रन बनाए ।

    अभिषेक शर्मा र नितिश कुमार रेड्डीले १५–१५ रन तथा ओपनर ट्राभिस हेडले १३ रन हिर्काए । हैदराबादलाई सस्तोमा समेट्न तुसार देशपाण्डेले ४ तथा मुस्तफिजुर रहमान र मथिसा पथिरानाले २–२ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ५४ बलमा ९८ रनको शानदार इनिङ्स खेले ।

    डेयरल मिचेलले ३२ बलमा ५२ तथा शिवम दुवेले २० बलमा ३९ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनादकटले १–१ विकेट लिए । चेन्नईको ९ खेलमा पाँचौँ जित थियो । टोलीको १० अङ्क छ । नेट रन रेटका आधारमा टोली अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । समान अङ्कसहित हैदराबाद चौथो स्थानमा छ ।

    सोमवार, बैशाख १७ २०८१०८:०९:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार