बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि, सबैभन्दा गर्मी भैरहवामा

यी ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि, सबैभन्दा गर्मी भैरहवामा

मेगा खबर संवाददाता

१७, बैशाख २०८१
  • 1.6K
    SHARES

  • यी ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि, सबैभन्दा गर्मी भैरहवामा

    काठमाडौँ,  केही दिनदेखि देशका अधिकांश भू–भागहरूमा तापक्रम बढ्दो क्रममा छ । तराईका भू-भागहरूमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार भैरहवामा सर्वाधिक गर्मी थियो । त्यहाँ अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस मापन गरिएको छ । जनकपुरमा अधिकतम तापक्रम ४१.४ डिग्री सेल्सियस थियो । ४० डिग्री वा सोभन्दा बढी तापक्रम रहेका अन्य स्थानमा सिमरा (४०.३ डिग्री सेल्सियस),विराटनगर (४०.२ डिग्री सेल्सियस) तथा धरान (४० डिग्री सेल्सियस) छन् ।

    केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र) तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ । ती भू-भागहरूमा वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहर छ । पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने छ ।

    tt

    सोमवार, बैशाख १७ २०८१०६:४७:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार