बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेकपा सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने

नेकपा सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने

मेगा खबर संवाददाता

१७, आश्विन २०७७
  • 1.6K
    SHARES

  • नेकपा सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) दिउँसो ४ बजे बस्ने भएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)का अनुसार सचिवालय बैठक दिउँसो ४ बजेका लागि बोलाइएको हो । 

    अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको उनले बताएका छन् ।

    बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक एकताको बाँकी प्रक्रियालगायतका विषयमा छलफल हुने बताइएको छ । 

    सरकारले बिहीबार शंकरदास बैरागीलाई मुख्य सचिव, डा। युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । नियुक्तिलाई लिएर नेकपाका कतिपय नेताहरुले असन्तुष्टि जनाएका छन् । 

    सोही विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । 

    शनिवार, आश्विन १७ २०७७०६:५७:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार