बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी स्थानमा वर्षको सम्भावना, लुम्बिनी, मधेस र कोशी प्रदेशमा हावाहुरीको जोखिम

यी स्थानमा वर्षको सम्भावना, लुम्बिनी, मधेस र कोशी प्रदेशमा हावाहुरीको जोखिम

मेगा खबर संवाददाता

१६, बैशाख २०८१
  • 646
    SHARES

  • यी स्थानमा वर्षको सम्भावना, लुम्बिनी, मधेस र कोशी प्रदेशमा हावाहुरीको जोखिम

    काठमाडौँ, नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली छ ।

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी  प्रदेश,मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरी छ ।

    आज राति कोशी,गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ  । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरी छ ।

    विगत केही दिन देखि देशका अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकोले तातो हावाबाट बच्न महाशाखाले आग्रह गरेको छ । 

    भोलि  कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ, भने लुम्बिनी, मधेस र कोशी प्रदेश केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आइतवार, बैशाख १६ २०८१०७:१०:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार