बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

पञ्जाबले इतिहासमा सबैभन्दा ठुलो लक्ष्य सफलतापूर्वक पछ्याए

पञ्जाबले इतिहासमा सबैभन्दा ठुलो लक्ष्य सफलतापूर्वक पछ्याए

मेगा खबर संवाददाता

१५, बैशाख २०८१
  • 928
    SHARES

  • पञ्जाबले इतिहासमा सबैभन्दा ठुलो लक्ष्य सफलतापूर्वक पछ्याए

    जोनी बेयर्सटोको शानदार शतकको मद्दतको पञ्जाब किंग्सले टी–२० क्रिकेटको इतिहासमा सबैभन्दा ठुलो लक्ष्य सफलतापूर्वक पछ्याएको छ ।

    शुक्रबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२ औँ खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सले प्रस्तुत गरेको २ सय ६२ रनको विशाल लक्ष्य हासिल गरेको हो । कोलकाताको घरेलु मैदानमा भएको खेलमा पञ्जाबले उक्त लक्ष्य मात्र दुई विकेटको क्षतिमा ८ बल अगावै पछ्यायो । खेलमा पञ्जाबले उत्कृष्ट सुरुवात गरेको थियो । 

    पावरप्लेमा ओपनर प्रभसिमरन सिंहलाई गुमाउन अघि पञ्जाबले ९३ रन बनाइसकेको थियो । सिंहले मात्र २० बलमा ५४ रन बनाए । उनले यस क्रममा ४ चौका र ५ छक्का हिर्काए ।

    शनिवार, बैशाख १५ २०८१०६:५०:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार