बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित

गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित

मेगा खबर संवाददाता

१३, बैशाख २०८१
  • 970
    SHARES

  • गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित

    काठमाडौँ,  इन्डियन प्रिमियर लिग आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित निकालेको छ । 

    दिल्लीमा भएको खेलमा कप्तान ऋषव पन्तले ४३ बलमा अविजित ८८ रन बनाएपछि घरेलु टोलीले २० ओभरमा चार विकेट गुमाउँदै २२४ रनको योगफल तयार पार्एको छ । पन्तले ४३ बलमा पाँच चौका र आठ छक्का प्रहार गरे । अक्षर पटेलले पनि पाँच चौका र चार छक्काको सहयोगमा ६६ रन बनाए भने ट्रिस्टान स्टब्सले सात बलमा तीन चौका र दुई छक्काको सहयागमा २६ रन जोडेको छ ।

    बलिङतर्फ गुजरातका सन्दीप वारियरले तीन विकेट लिएका छन् । मोहित शर्माले आईपीएल इतिहासमै एउटै इनिङ्समा सबैभन्दा धेरै रन खाने रेकर्ड बनाएका छन् । चार ओभर बलिङ गरेका शर्माको बलमा दिल्लीका ब्याटरले ७३ रन बनाएका छन् ।

    मोहितले अन्तिम ओभरमा मात्र ३१ रन दिएका थिए । १८ ओभर सकिँदा १७१ को योगफल बनाएको दिल्लीले अन्तिम दुई ओभरमा ५३ रन बनाउँदा बलियो लक्ष्य खडा गर्न सफल भएको थियो ।

    बिहिवार, बैशाख १३ २०८१०७:५०:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार