बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित

चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित

मेगा खबर संवाददाता

१२, बैशाख २०८१
  • 718
    SHARES

  • चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित

    काठमाडौं,  मार्कस स्टोइनिसले अविजित १२४ रनको शतकीय योगदान दिँदा इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

    चेन्नईमा भएको खेलमा स्टोइनिसको आक्रामक ब्याटिङका कारण घरेलु टिमले दिएको २११ रनको लक्ष्य लखनउले १९ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गर्यो । उनले ६३ बलमा १३ चौका र ६ छक्का प्रहार गरेका थिए । 

    ओपनर क्वीन्टन डि ककलाई पहिलो ओभरमै गुमाएको लखनउका लागि निकोलस पुरनले ३४, दीपक हुडाले १७, केएल राहुलले १६ तथा देवदत्त पड्डिकलले १३ रन जोडे । बलिङतर्फ मथिसा पाथिरानाले दुई विकेट लिँदा दीपक चहर र मुस्ताफिजुर रहमानले एक एक विकेट लिए ।

    टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा चार विकेट गुमाउँदै २१० रन बनाएको थियो । उसका लागि कप्तान रुतुराज गायकवार्डले अविजित १०८ रनको शतकीय योगदान दिए । ६० बलको सामना गरेका गायकवार्डले १२ चौका र तीन छक्का प्रहार गरेका थिए । शिवम् दुबेले पनि २७ बलमा सात छक्का र तीन चौकाको मद्धतमा ६६ रन बनाएका थिए ।



    बुधवार, बैशाख १२ २०८१०७:१०:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार