बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एल क्लासिको : पाँच गोलको थ्रिलरमा रियल ३–२ गोलले विजयी

एल क्लासिको : पाँच गोलको थ्रिलरमा रियल ३–२ गोलले विजयी

मेगा खबर संवाददाता

१०, बैशाख २०८१
  • 700
    SHARES

  • एल क्लासिको : पाँच गोलको थ्रिलरमा रियल ३–२ गोलले विजयी

    काठमाडौँ, वैशाख १० गते, जुड बेलिङह्यामको इन्जुरी समयको गोलको मद्दतले रियल मड्रिडले एल क्लासिकोमा चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई पराजित गरेको छ । आइतबार राति भएको पाँच गोलको थ्रिलरमा रियल ३–२ गोलले विजयी बनेका छन् ।

    खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । आन्द्रेस क्रिस्टिएनसनले खेलको छैटौँ मिनेटमा नै पाहुना टोलीलाई अग्रता दिलाए । तर, भिनिसियस जुनियरले पेनाल्टीबाट गोल फर्काएपछि पहिलो हाफमा १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पनि फर्मिन लोपेजले पुनः बार्सिलोनलाई अग्रता दिलाएका छन् । ४ मिनेटपछि नै लुकास भाज्क्वेजले रियलका लागि बराबरी गोल गरेका छन् । 

    खेल बराबरीतर्फ अघि बढिरहँदा ९१ औँ मिनेटमा बेलिङह्यामले निर्णायक गोल गर्दै टोलीका लागि ३ अङ्क सुनिश्चित गरेका छन् । जितपछि रियलले ला लिगाको शीर्ष स्थानमा ११ अङ्कको अग्रता बनाउन सफल भएको छ । अब लिगमा ६ खेल मात्र बाँकी छँदा टोलीको ३२ खेलबाट ८१ अङ्क छ । दोस्रो स्थानमा रहेको बार्साको समान खेलबाट ७० अङ्क छ । 

    रियल सबै प्रतियोगिताका पछिल्ला २८ खेलमा अपराजित रहेको छ । टोलीले यस क्रममा २२ खेलमा जित र ६ खेलमा बराबरी गरेको छ । 

    सोमवार, बैशाख १० २०८१०६:३९:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार