बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आर्सनल इङ्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा

आर्सनल इङ्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा

मेगा खबर संवाददाता

९, बैशाख २०८१
  • 700
    SHARES

  • आर्सनल इङ्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा

    काठमाडौँ, उल्भ्सलाई हराउँदै आर्सनल इङ्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

    गएराति उल्भ्सको मैदानमा २–० को जित निकाल्दै आर्सनलले एक अङ्कको अग्रता लिएको हो । प्रिमियर लिग तालिकामा ३२ खेल खेलेको म्यान्चेष्टर सिटी दोस्रो स्थानमा छ भने उल्भ्समाथि जित निकाल्दै आर्सनलले ७४ अङ्क जोडेको हो । उल्भ्सविरुद्ध महत्वपूर्ण तीन अङ्क दिलाउनका लागि लिनार्दो ट्रोसार्ड र मार्टिओडेगार्डले एक एक गोल गरे । 

    खेलको ४५औँ मिनेटमा गोल गर्दै ट्रोसार्डले पहिलो हाफअघि आर्सनललाई १–० को अग्रता दिलाएका थिए । ९० मिनेटपछिको इन्ज्युरी समयमा ओडेगार्डले गोल गर्दै आर्सनलको जित सुनिश्चित गराए । गएराति नै भएको अन्य खेलमा लुटन टाउनलाई ५–१ ले हराउँदै ब्रेन्टफोर्ड १४औँ स्थानमा उक्लिएको छ । १९औँ स्थानको बर्नलेले २०औँ स्थानको शेफिल्ड युनाइटेडलाई ४–१ ले हरायो 

    आइतवार, बैशाख ९ २०८१०९:१४:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार