कप्तान केएल राहुल र क्वीनटन डी कको शतकीय साझेदारीको मद्दतले लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि सहज जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा लखनउ ८ विकेटले विजयी बनेको हो ।
चेन्नईले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ८२ रन बनाए । उनले ५३ बलमा ९ चौका र ३ छक्का हिर्काए ।
उनलाई अर्का ओपनर क्वीनटन डी ककले ५४ रन बनाउँदै राम्रो साथ दिए । दुवै मिलेर पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरेका थिए । निकोलस पुरनले नटआउट रहँदै २३ रन बनाएर टोलीलाई जितसम्म डोर्याए । चेन्नईका लागि मुस्तफिजुर रहमान र मथिसा पाथिरानाले १–१ विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । चेन्नईका लागि रवीन्द्र जाडेजाले सर्वाधिक ५७ रनको योगदान दिए । ओपनर अजिंक्या रहानेले ३६ रन तथा मोइन अलीले ३० रन बनाए ।
खेलको अन्त्यतिर पूर्वकप्तान महेन्द्रसिंह धोनीले ९ बलमा २८ रनको विस्फोटक इनिङ्स खेले । उनले यस क्रममा ३ चौका र २ छक्का हिर्काए । लखउनका लागि क्रुनाल पाण्ड्याले २ विकेट लिए । भने मोहसिन खान,यश ठाकुर, रवि विश्नोई र मार्कस स्टोइनिसले १–१ विकेट लिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।