बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मेडिकल विद्यार्थी देखि प्रतियोगिता सम्म: श्रद्धा अधिकारीको संघर्ष र सफलता

मेडिकल विद्यार्थी देखि प्रतियोगिता सम्म: श्रद्धा अधिकारीको संघर्ष र सफलता

मेगा खबर संवाददाता

२, बैशाख २०८१
  • 4.4K
    SHARES

  • मेडिकल विद्यार्थी देखि प्रतियोगिता सम्म: श्रद्धा अधिकारीको संघर्ष र सफलता

    काठमाडौं, वैशाख २ गते, कमलादी स्थित रोयल सिङ्गी होटलमा गत चैत्र २८ गते आयोजित अन्तिम २० जना प्रतिस्पर्धी सार्वजनिक गरिएकोमा हाल काठमाडौँ मेडिकल कलेजमा एमबीबीएस (MBBS) तेस्रो वर्षमा अध्यनरत श्रद्धा अधिकारी अन्तिम २० भित्र पर्न सफल भएकि छिन् ।

    काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका,रिठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ रहेकि छिन् । विगत दुई वर्षदेखि काठमाडौँ मेडिकल कलेजको एक क्लबको सामुदायिक सेवा संयोजकको रुपमा समेत काम गर्दै आइरहेकी श्रद्धाको सानै उमेरदेखि नै सामाजिक कार्यमा रुचि थियो । सामाजिक संस्थामा आवद्ध भएर लैङ्गिक हिंसा र मानसिक स्वास्थ्यका बारेमा जागरुक गराउने क्रममा उनले बिसुद्द सेवा मुलक सस्था हब नेपाल (Hov Nepal) नामको संस्था पनि खोलेकी छिन् । यस सस्थाले नेपालमा लिङ्गका आधारमा हुने भेदभाव हटाउने लक्ष्य लिएको छ ।

    संस्थाले विभिन्न विद्यालय तथा समुदायमा गएर मानसिक स्वास्थ्यका साथै हिंसाका बारेमा जनचेतना जगाउँदै आएको छ । अर्को रोचक कुरा के छ भने मेडिकल विद्यार्थी रहेकी उनि ब्युटी पेजेन्टमा समेत सहभागी भइरहेकी छिन् । उनि भन्छिन सौन्दर्य प्रतियोगिताले आफ्नो ब्योक्तित्व विकासमा सहयोग पुर्याउनेका साथै,आफुले गरिरहेको सामाजिक कार्यमा समेत समाजको विशेष ध्यानाकर्षण गराउन मद्धत गर्ने भएकोले उनि यस प्रतियोगितामा सहभागीता जनाएको बताउछिन् ।

    आइतवार, बैशाख २ २०८१०३:०५:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार