बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

मेगा खबर संवाददाता

२९, चैत्र २०८०
  • 637
    SHARES

  • यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ, नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ ।

    आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात छ ।

    आज राति कोशी,गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा छ । कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात छ ।

    शुक्रबार भने देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू (भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशको पहाडी भूभागको थोरै स्थानहरू चट्याङ्गसहित हल्का वर्षा रहेको महाशाखाले जनाएको छ ।

    बिहिवार, चैत्र २९ २०८००७:१४:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार