बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

वैशाख १३ र १४ गते उपनिर्वाचन हुने स्थानका विद्यालय बन्द हुने

वैशाख १३ र १४ गते उपनिर्वाचन हुने स्थानका विद्यालय बन्द हुने

मेगा खबर संवाददाता

२७, चैत्र २०८०
  • 796
    SHARES

  • वैशाख १३ र १४ गते उपनिर्वाचन हुने स्थानका विद्यालय बन्द हुने

    काठमाडौँ,चैत २७ गते,निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम २ र बझाङ प्रदेशसभा १ का विद्यालयहरू वैशाख १३ र १४ गते बन्द गर्न लेखिपठाउने निर्णय गरेको छ ।

    मंगलबार बसेको आयोगको बैठकले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले  २ दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखिपठाउने निर्णय गरेको छ ।

    आयोगले आचार संहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा  प्रहरी,अन्य सुरक्षा निकाय,कुनै कार्यालय वा व्यक्ति मार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कार्वाही गर्ने निर्णय गरेको छ ।

    वैशाख २ देखि उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्ला भित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयमा लेखी पठाउने लगायतका ६ निर्णय आयोगले गरेको छ । 

    मंगलवार, चैत्र २७ २०८००४:३८:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार