म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएपछि लिरभपुलले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । आइबार राति भएको खेलमा लिभरपुल २–२ गोलको बराबरी खेल्न बाध्य बन्यो ।
खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । पहिलो हाफमा नियन्त्रण बनाएको टोलीलाई २३ औँ मिनेटमा लुइस डियाजले अग्रता दिलाएका थिए । लिभरपुलले युनाइटेडको पोस्टमा १५ वटा प्रहार गर्दा घरेलु टोलीले एउटा पनि प्रहार गर्न सकेन ।
तर, दोस्रो हाफमा ब्रुनो फर्नान्डेज र कोबी माइनाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । पराजयतर्फ अघि बढिरहँदा लिभरपुलका लागि मोहम्मद शालाहले ८४ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । ओल्ड ट्राफोडमा लगातार चार खेलमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।
बराबरीपछि ३१ खेलबाट ७१ अङ्क बटुल्दै लिभरपुल अङ्क तालिकामा दोस्रो स्थानमा छ । सामान अङ्क रहेको आर्सनल गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ । युनाइटेड भने ४९ अङ्कसहित छैटौँ स्थानमा सीमित छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।