आफ्नो घरेलु मैदानमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्समाथि ६ विकेटको सहज जित हासिल गरेको छ ।
यो सिजन इन्डियन प्रियिमर लिग (आईपीएल) मा हैदराबादको दोस्रो जीत हो । चेन्नईले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।
हैदराबादका लागि ऐडन मारक्रमले सर्वाधिक ५० रनको योगदान दिए । उनले मात्र ३६ बलमा ४ चौका र एक छक्का हिर्काए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।