बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

मेगा खबर संवाददाता

२४, चैत्र २०८०
  • 736
    SHARES

  • यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ, नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ । 

    गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात छ । गण्डकी,कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा  बाँकी तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरी छ ।

    आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ । कोशी,गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा छ । 

    देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात छ । मधेस प्रदेश लगायत लुम्बिनी,गण्डकी  प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरी छ ।

    शनिवार, चैत्र २४ २०८००६:२७:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार