बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

मेगा खबर संवाददाता

२१, चैत्र २०८०
  • 646
    SHARES

  • गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

    काठमाडौं, चैत २१ गते, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले आज प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका छन् । 

    माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । तर,पाण्डेले विश्वासको मत नलिई राजीनामा दिएका छन् । अब प्रदेश प्रमुखले  संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन् । 

    सत्ता गठबन्धनले बहुमत जुटाएर दावी पेस गरे नयाँ सरकार बन्छ । नत्र ठूलो दलको हैसियतले प्रदेश प्रमुखले पाण्डेलाई नै उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्नेछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ सम्म सरकार गठन र गिराउन कुनै भुमिका नखेल्ने स्पष्ट पारिसकेको छ । 

    बुधवार, चैत्र २१ २०८०१२:५७:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार