बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मेलापात र गोठालोको साथी रेडियो नेपाल: सञ्चार मन्त्री

मेलापात र गोठालोको साथी रेडियो नेपाल: सञ्चार मन्त्री

मेगा खबर संवाददाता

२०, चैत्र २०८०
  • 733
    SHARES

  • मेलापात र गोठालोको साथी रेडियो नेपाल: सञ्चार मन्त्री

    काठमाडौँ, चैत २० गते, प्रविधिको विकाससँगै रेडियोको प्रभावकारिता वृद्धि हुँदै आएकाले रेडियो नेपाल जनताको साथीको रूपमा विकास हुँदै आएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताए ।

    रेडियो नेपाल ७४ औँ वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै उनले ९३ प्रतिशत जनसङ्ख्यामा रेडियोको पहुँच पुगेको छ अत्ब शतप्रतिशत जनसङ्ख्यामा रेडियोको पहुँच पुर्‍याउँदै मेलापात र गोठालोको साथी रेडियो नेपाल: बन्नुपर्ने उनले बताए । 

    मन माटोलाई जोड्ने खालका कार्यक्रमहरूको विकास गर्नु जरुरी भएकाले जनताको इच्छा र परिवर्तनकारी कार्यक्रमहरू ल्याउन उनले सम्बोधनकै क्रममा रेडियो नेपाललाई निर्देशन दिए । प्रतिस्पर्धी युगमा समय सुहाउँदो प्रविधिको प्रयोग बढाउँदै समाचार र प्रसारण सामग्रीलाई प्रभावकारी बनाउनुमा कन्जुस्याइँ गर्न नहुने र यसमा मन्त्रालयले सहयोग गर्ने उनले बताए । 

    सरकार र जनताका बिचको पुलको काम सरकारी सञ्चार माध्यमले गर्नुपर्नेमा जोड दिन उनले बताए । 

    मंगलवार, चैत्र २० २०८०११:३०:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार