बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाललाई जितका लागि ६० बलमा १४४ रन आवश्यकता

नेपाललाई जितका लागि ६० बलमा १४४ रन आवश्यकता

विनोद भट्टराई

१६, चैत्र २०८०
  • 721
    SHARES

  • नेपाललाई जितका लागि ६० बलमा १४४ रन आवश्यकता

    काठमाडौँ, चैत १६ गते,आयरल्यान्ड ‘ए’ ले आज पहिलो टी-२० क्रिकेटमा दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ १० ओभरको खेल सकिँदासम्म तीन विकेट गुमाएर ७९ रन बनाएको छ । 

    नेपालका लागि ओपनर ब्याट्सम्यान लोकेश बम ४९ रन बनाउँदै क्रिजमा छन् । उनले केवल ३६ बलमा तीन छक्का र पाँच चौका हिर्काएका छन् । आरिफ शेख भने एक रन बनाउँदै क्रिजमा छन् ।

    नेपालका अर्का ओपनर ब्याट्सम्यान विनोद भण्डारी भने १६ रन बनाउँदै आउट भएका थिए । कप्तान भण्डारीले पेभेलियन फर्किनुअघि १४ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।

    शुक्रवार, चैत्र १६ २०८००३:४९:४५

    पत्रकार कम इन्जिनियर, इन्जिनियर कम आर्किटेक्ट, खुशी मानव र श्रीमतीलाई माया गर्ने श्रीमान

    सम्बन्धित समाचार