जिल्लाको उच्च लेकाली भेग हेलम्बुमा ‘हाइअल्टिच्युड भलिबल’ प्रतियोगिता हुने भएको छ । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा बागमती प्रदेशस्तरीय अन्तरपालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता हुने भएको हो ।
सो खेल हेलम्बुको पर्यटकीय स्थल सेर्माथाङमा हुनेछ । खेल पर्यटन प्रवर्धन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । प्रतियोगिता २०८० साल चैत २३ देखि ३० गतेसम्म हुनेछ । पुरुषतर्फको प्रतियोगिता चैत २३ देखि २६ गतेसम्म चल्नेछ ।
यसैगरी चैत २७ देखि ३० गतेसम्म महिलातर्फ भलिबल प्रतियोगिता हुने पालिकाले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।