बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१६, चैत्र २०८०
  • 829
    SHARES

  • यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ,  नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो  देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहने छ । कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात छ ।

    आज राति देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक– दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा छ । गण्डकी  र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात छ ।

    भोलि पनि देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहने छ । बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    शुक्रवार, चैत्र १६ २०८००६:२१:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार