काठमाडौँ । युइएफएले युरोपको बर्षको उत्कृष्ट खेलाडीको उपाधि रोबेर्ट लेवानडोस्कीले जितेका छन् । विहिबार राति सार्बजनिक गरिएको नतिजामा लेवानडोस्कीले म्यानचेस्टर सिटी(बेल्जियम) का केभिन डी ब्रुने र बायर्न (जर्मनी) कै गोलकिपर मान्यूएल नोएरलाई पछाडी पार्दै युरोपको बर्षको उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् ।
युरोपको २०१९–२० को उत्कृष्ट खेलाडीको मनोनयनमा पछिल्लो १० बर्षमा पहिलो पटक लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो परेका थिएनन् ।
रोनाल्डो र मेसी युइएफएले यस अघि घोषणा गरेको च्याम्पियन्स लिगको व्यक्तिगत अवार्डको मनोनयनमा समेत परेका थिएनन् ।
त्यस्तै बर्षको युरोपको उत्कृष्ट महिला खेलाडीको उपाधि डेनमार्ककी पेर्निल हार्डरले जितेकी छन् । उनले इङल्याण्डकी लुसी ब्रोन्जे र फ्रान्सकी वेंडी रेनार्डलाई पछि पर्दै सो उपाधि जितेकी हुन् ।
त्यस्तै पुरुष म्यानेजरमा बायर्न म्युनिखका म्यानेजर हान्स डिएटर फ्लिकले जितेका छन् । उनले लिभरपुलका म्यानेजर जर्गेन क्लोप र आरबी लेइपजिंगका म्यानेजर जुलियन नागेल्समनलाई पराजित गर्दै युरोपको बर्षको उत्कृष्ट म्यानेजरको उपाधि जितेका हुन् ।
त्यस्तै बर्षको उत्कृष्ट गोलकिपरको उपाधि मान्युअल नेउर (बायर्न म्युनिख) ले जितेका छन् भने बर्षको उत्कृष्ट डिफेन्डरको उपाधि जोशुआ किम्मीच (बायर्न म्युनिख) ले जितेका छन् ।
त्यस्तै बर्षको उत्कृष्ट मिडफिल्डरको उपाधि केभिन डी ब्रुने (म्यानचेस्टर सिटी) ले जितेका छन् भने बर्षको उत्कृष्ट फरवार्डको उपाधि रोबेर्ट लेवानडोस्की (बायर्न म्युनिख) ले जितेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।