काठमाडौँ चैत १३ गते, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो छैटौँ विकेट गुमाएको छ ।
नेपालले छैटौँ विकेटका रूपमा कुशल मल्ललाई गुमाएको हो । उनले टोलीका लागि आक्रामक पाली खेल्दै ३४ रन बनाए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल १३ बलको सामना गरी चार छक्का र एक चौका पनि हिर्काए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।