बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गुजरात टाइटन्ससँग स्तब्ध बन्यो मुम्बई

गुजरात टाइटन्ससँग स्तब्ध बन्यो मुम्बई

मेगा खबर संवाददाता

१२, चैत्र २०८०
  • 721
    SHARES

  • गुजरात टाइटन्ससँग स्तब्ध बन्यो मुम्बई

    इन्डियन प्रिमियर लिगको पाँचौँ खेलमा मुम्बई इन्डियन्स गुजरात टाइटन्ससँग स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा मुम्बई गुजरातसँग ६ रनले पराजित भएको हो ।

    गुजरातले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन मात्र बनाउन सक्यो । डेवाल्ड ब्रेभिसले ३८ बलमा ४६ रन तथा पूर्वकप्तान रोहित शर्माले २९ बलमा ४३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

    गुजरातका लागि अजमतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोन्सन र मोहित शर्माले २–२ विकेट लिए । साई किशोरले एक विकेट हात पारे । मुम्बईका लागि तिलक वर्माले २५ र नमन धिरले २० रनको योगदान दिए ।

    सोमवार, चैत्र १२ २०८००६:२९:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार