बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

देशका अधिकांश भूभागमा आज पनि वर्षा,यि प्रदेशमा हावा–हुरी

देशका अधिकांश भूभागमा आज पनि वर्षा,यि प्रदेशमा हावा–हुरी

मेगा खबर संवाददाता

८, चैत्र २०८०
  • 802
    SHARES

  • देशका अधिकांश भूभागमा आज पनि वर्षा,यि प्रदेशमा हावा–हुरी

    काठमाडौँ, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली,लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । कोशी,मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षा भइरहेको छ ।

    कोशी,बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा,मधेस,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षा छ ।

    कोशी,बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात छ । मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा–हुरी छ ।

    बिहिवार, चैत्र ८ २०८००६:५६:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार