बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एट्लेटिको मड्रिडमाथि हराउँदै बार्सा दोस्रो

एट्लेटिको मड्रिडमाथि हराउँदै बार्सा दोस्रो

मेगा खबर संवाददाता

५, चैत्र २०८०
  • 643
    SHARES

  • एट्लेटिको मड्रिडमाथि हराउँदै बार्सा दोस्रो

    काठमाडौँ, एट्लेटिको मड्रिडमाथि शानदार जीत हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । हिजो भएको खेलमा ३–० को जीत हासिल गर्दै बार्सिलोनाले यो सिजन एट्लेटिकोलाई पहिलोपटक घरेलु मैदानमा हारको स्वाद चखाएको हो ।

    खेलको ३८ औँ मिनेटमा जोआओ फेलिक्सले बार्सिलोनालाई अग्रता दिलाएका थिए । लिगमा यो सिजन उनको यो छैटौँ गोल थियो ।दोस्रो हाफको सुरुवातमा नै रोबर्ट लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाएका छन् । ६५ औँ मिनेटमा फर्मिन लोपेजले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरेका छन् ।

    जीतपछि जिरोनालाई उछिन्दै बार्सिलोना लिगको दोस्रो स्थानमा पुगेको छ । २९ खेलबाट बार्साको ६४ अङ्क छ । टोली शीर्ष स्थानमा रहेको चिर प्रतिद्वन्द्वी रियल मड्रिडभन्दा ८ अङ्कले पछि छ । एट्लेटिको ५५ अङ्कसहित लिगको पाँचौँ स्थानमा सीमित छ ।

    सोमवार, चैत्र ५ २०८००६:५३:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार