काठमाडौं । क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार भएको स्वास्थ्य परीक्षणमा चन्दमा कोरोना पुष्टि भएको हो । यस्तै तीन दिन अघि गरिएको परीक्षणमा प्याकुरेलमा संक्रमण पुष्टि भएको क्यानले जनाएको छ।
क्यानका अनुसार प्याकुरेलमा संक्रमण पुष्टि भएसँगै चन्दको पनि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको छ । चन्दमा केहिदिन यता रुघाखोकीलगायतका सामान्य लक्षण समेत देखिएका थिए । उनी अहिले काठमाण्डौंस्थित एक होटलको क्वारेन्टीनमा बसेका छन् भने प्याकुरेल होम क्वारेन्टीनमा बसेका छन् ।
क्यानका अध्यक्षसहितका पदाधिकारी असोज ६ गते चितवनमा बसेको कार्यसमितिको बैठकमा भाग लिएर केहि दिनअघि काठमाण्डौं फर्किएका थिए । क्यानका अनुसार चन्द ७ गते काठमाण्डौं फकिएका थिए भने प्याकुरेल ८ गते काठमाण्डौ फर्किएका हुन् ।
अध्यक्ष र सचिवमा संक्रमण पुष्टि भएसँगै अहिले सदस्यसहित सम्पूर्ण पदाधिकारी होम क्वारेन्टीनमा बसेको क्यानले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।