काठमाडौं, चैत १ गते, क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको माग गर्दै सरकार पक्ष उच्च अदालत पुगेका छ । हिजो उच्च अदालत पाटनमा सरकारी पक्षले पनि जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन दर्ता गराएको हो ।
उच्च अदालत पाटनका सूचना अधिकारी तीर्थराज भट्टराईका अनुसार सरकारी वकिलले बुधबार नै जिल्लाको फैसलाविरुद्ध अदालतमा पुनरावेदन दर्ता गराएका छन् । लामिछानेले भने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् ।
काठमाडौँ जिल्ला अदालतले गत पुष १३ गते फैसला सुनाउँदै क्रिकेटर लामिछानेले गौशाला २६ माथि बलात्कार गरेको ठहर गरेको थियो । वादी नेपाल सरकारले पीडित गौशाला २६ नाबालिग रहेको दावी गरेपनि काठमाडौँ जिल्ला अदालतले भने वारदातको समयमा किशोरीको उमेर १८ वर्ष पुगिसकेको ठहर गरेको थियो । किशोरीको उमेर १८ वर्ष पुगिसकेको भएपनि लामिछानेले किशोरीको आर्थिक अवस्थाको फाइदा उठाउँदै होटलसम्म पुराएर बलात्कार गरेको ठहर गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतको फैसलामा पीडित गौशाला २६ को उमेर १८ वर्ष पुगेको भनी उल्लेख भएकामा असहमति जनाउँदै उच्च सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।