काठमाडौँ, फागुन २९ गते,हङकङ मेन्स टी-२० सिरिजको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल भिडन्त बुधबार नेपाली समय अनुसार पौने १२ बजे सुरू हुनेछ ।
आज भएको दोस्रो खेलमा पिएनजीले घरेलु टिम हङकङलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेसँगै फाइनलमा भिड्ने दुई टिमको टुंगो लागेको हो । मंगलबार नै नेपालले यसअघि पिएनजीमाथि ८५ रनको जित निकालेर फाइनलमा स्थान पक्का गरेको समेत थियो । नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टिम अंक बाढ्न बाध्य भएका थिए ।लिग चरणको खेल सकिदा नेपालले ३ अंक जोड्यो भने पिएनजीले २ अंक बटुलेको छ । १ अंक जोडेको हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछन् ।
आज हङकङले पिएनजीविरुद्ध पहिले ब्याटिङ गर्दा १८.३ ओभरमा १२१ रनमै अलआउट भएको थियो । उसका लागि जीशन अलीले नटआउट ५५ रन जोड्दा अरु ब्याटर चल्न सकेनन् । हङकङका ७ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।