बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उपाधितर्फ एक कदम अघि रियल

उपाधितर्फ एक कदम अघि रियल

मेगा खबर संवाददाता

२८, फाल्गुण २०८०
  • 664
    SHARES

  • उपाधितर्फ एक कदम अघि रियल

    काठमाडौँ, राफायल बेनिटजको सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड ला लिगाको उपाधितर्फ एक कदम अघि बढेको छ । आइतबार भएको खेलमा ४–० को शानदार जीत हासिल गर्दै टोलीले शीर्ष स्थानमा ७ अङ्कको अग्रता कायम राख्न सफल भएको हो ।

    रातो कार्ड पाएका जुड बेलिङह्याम बिना नै मैदानमा उत्रेको रियललाई खेलको २१ औँ मिनेटमा भिनिसियस जुनियरले अग्रता दिलाएका थिए । पहिलो हाफमा रियलले पूर्णरुपमा नियन्त्रण बनाए पनि थप गोल गर्न सकेन । दोस्रो हाफमा भने रियल केही फितलो देखिएको थियो । तर,विपक्षी टोलीले यसको फाइदा उठाउन सकेन । उता रियलका लागि रोड्रिगो र ब्राहिम डियाज गोलको अवसरबाट चुकेका थिए ।

    अन्तिम ११ मिनेटमा ३ गोल गर्दै रियलले खेल आफ्नो पक्षमा पार्न सफल भयो । ७९ औँ मिनेटमा एन्टोनियो रुडिगरको प्रहार रिबाउन्ड भएर गोलकिपर गुआइटालाई लाग्दै आत्मघाती गोलका रुपमा पोस्टमा छिरेको थियो । रियलको तेस्रो गोल पनि सेल्टाभिगोका डिफेन्डर कार्लोस डोमिनग्वोजले आत्मघाती गोल गरेका थिए । खेलको इन्जुरी समयमा टर्किस युवा खेलाडी आर्डा गुलेरले गोल गर्दै टोलीलाई सहज जित दिलाए । रियलका लागि उनको पहिलो गोल थियो ।

    । 

    सोमवार, फाल्गुण २८ २०८००७:००:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार