बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मार्योकालाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा

मार्योकालाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा

मेगा खबर संवाददाता

२६, फाल्गुण २०८०
  • 631
    SHARES

  • मार्योकालाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा

    मार्योकालाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बार्साले १–० को सङ्घर्षपूर्ण जीत हासिल गरेको हो ।

    टोलीको जीतमा युवा विंगर लामिन यामालले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले ७३ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै बार्सालाई महत्त्वपूर्ण तीन अङ्क दिलाए । यसअघि पहिलो हाफमा इल्के गुन्डोगानले पेनाल्टीबाट टोलीलाई अग्रता दिलाउन अवसरबाट चुकेका थिए । दोस्रो हाफमा १६ वर्षीय यामालको प्रहार पोस्टमा लागेको थियो ।

    जीतपछि बार्साले शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको दुरी ५ अंकमा झारेको छ । २८ खेलबाट टोलीको ६१ अङ्क रहेको छ । एक खेल कम खेलेको रियल ६६ अंकसहित शीर्ष स्थानमा छ ।

    शनिवार, फाल्गुण २६ २०८००६:२६:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार