बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

डर्टमुन्डलाई हराउदै बायर्न सुपर कप च्याम्यियन

डर्टमुन्डलाई हराउदै बायर्न सुपर कप च्याम्यियन

मेगा खबर संवाददाता

१५, आश्विन २०७७
  • 4.1K
    SHARES

  • डर्टमुन्डलाई हराउदै बायर्न सुपर कप च्याम्यियन

    एजेन्सी ।  जर्मन बुन्डेसलिगाको निकटतम प्रतिद्धन्द्धी बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै जर्मन महारथी बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ ।

    बुधबार राति भएको खेलमा डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । एलिएन्ज एरिनाको बायर्नको जितमा कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किम्मिचले गोल गरे । डर्टमुन्डका जुलियन ब्रान्ड र एर्लिङ ब्राउट हालान्डले गोल गरेपनि हार टार्न सकेन ।

    बायर्नको यो सिजनको दोस्रो उपाधि हो । यसअघि बायर्नले दुई साताअघि स्पेनिस क्लब सेभियालाई २–१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको थियो ।

    बिहिवार, आश्विन १५ २०७७०५:४२:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार