एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलले दिल्ली क्यापिटल्सका कप्तान श्रेयस एयरलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरेको छ । संयुक्त अरव एमिरेट्स यूएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा स्लो ओभर बलिङ गरेको भन्दै उनलाई जरिवाना गरिएको हो ।
मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादसँग दिल्ली १५ रनले पराजित भएको थियो । टस जितेर हैदराबादविरुद्ध फिल्डिङमा उत्रिएको दिल्लीले ढिलो गरी बलिङ गरेको भन्दै कप्तान श्रेयस आईपीएलको कारबाहीमा परेका हुन्।
आईपीएलले आचारसंहिता विपरीत ढिलो बलिङ गराएको अभियोगमा बुधबार उनलाई जरिवाना गर्ने निर्णय गरेको हो । यसअघि बैङ्लोरका कप्तान विराट कोहली पनि यहि कारणले जरिवानामा परेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।