काठमाडौँ, एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिएपछि बार्सिलोनाले रियल मड्रिड र जिरोनाले अङ्क गुमाएको फाइदा उठाउन असफल भएको छ ।
हिजो भएको ला लिगा अन्तरगतको खेलमा बार्सिलोना गोलरहित बराबरी खेल्न बाध्य बनेको हो । जोआ क्यानसेलो बार्साका लागि गोल नजिक पुगे पनि उनले ४० यार्ड टाढाबाट गरेको प्रहार यरे अल्भारेजले गोल लाइनबाट बचाएका थिए । दोस्रो स्थानमा रहेको जिरोना मायोर्कासँग पराजित हुँदा बार्सालाई एक स्थानमा माथि उक्लने अवसर थियो ।
तर, बराबरीमा रोकिएपछि टोली २७ खेलबाट ५८ अङ्कसहित लिगको तेस्रो स्थानमा सीमित छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।