बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मदन ढकाल र सुनिता बुढाको स्वर रहेको ‘दुना टपरी’ गित सार्वजनिक

मदन ढकाल र सुनिता बुढाको स्वर रहेको ‘दुना टपरी’ गित सार्वजनिक

मेगा खबर संवाददाता

२०, फाल्गुण २०८०
  • 1.5K
    SHARES

  • मदन ढकाल र सुनिता बुढाको स्वर रहेको ‘दुना टपरी’ गित सार्वजनिक

    काठमाडौँ, मदन ढकाल र सुनिता बुढाको स्वर रहेको दुना टपरी गित गत शुक्रबार सार्वजनिक भएको छ ।

    उक्त गित टिएम म्यूजिक प्रोडक्सन युटुब च्यानलबाट रिलिज भएको हो । गोरखाको बिभिन्न ग्रामिण भेगमा छायांकन गरिएको यस गितमा संगित तिर्थ खत्री र शब्द समिर घिमिरेको छ । जनयुद्धमा घटेका विविध कथाबस्तु संगै त्यतिबेलाका विद्यार्थी जिबनका माया प्रेमलाई भिडियोमा उतारिएको गायक मदन ढकालले बताए ।

    बिनोद भण्डारीद्वारा निर्देशित उक्त भिडियो अहिलेका व्यस्त छायाँकार नबराज उप्रेतीले खिचेका छन् भने स्वयं बिनोद भण्डारी,सारिका केसी, चर्चित रंग पत्रकार गोपिकृष्ण चापागाई र कामना ढकालले न्यायपूर्ण अभिनय गरेका छन् ।

     

    आइतवार, फाल्गुण २० २०८०११:०२:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार