बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मेगा खबर संवाददाता

२०, फाल्गुण २०८०
  • 856
    SHARES

  • सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ, नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशभर साधरणतया बदली रही कर्णाली,लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती  प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाका केही स्थानहरूमा बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ । आज दिउँसाे देशभर साधरणतया बदली रहने छ ।

    सुदूरपश्चिम,कर्णाली,लुम्बिनी,गण्डकी,बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षा छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात छ ।

    आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी,मधेस,सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षा छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात छ ।

    भोलि र पर्सी पनि देशका पहाडी भूभागका एक–दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको हुने महाशाखाले जनाएको छ। उक्त दिन पनि उच्च पहाडी तथा हिमाली भूभागका  हल्का हिमपात छ ।

    आइतवार, फाल्गुण २० २०८००७:१८:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार